गृहपृष्ठ Featured मेस्सीले मियामीका दुई खेल गुमाउने

मेस्सीले मियामीका दुई खेल गुमाउने

कोपा अमेरिकाको फाइनल खेलमा चोटग्रस्त बनेका लियोनेल मेस्सीले इन्टर मियामीका दुई खेल गुमाउने भएका छन् ।

आठ पटकको बालोन डी ओर विजेता खेलाडीलाई कोपा अमेरिका २०२४ को फाइनल खेलमा गम्भीर रूपमा चोट लागेको थियो । फ्लोरिडाको हार्डरक स्टेडियममा भएको खेलमा मैदानमा ढलेका उनले रुँदै मैदान छाड्नुपरेको थियो ।

यसका बाबजुद अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । खेलका दौरान मेस्सीको खुट्टा सुन्निएको तस्बिर र भिडियोमा देखिएको थियो ।  मेस्सीले चाँडै मैदानमा फर्किने बताए पनि यसको मिति भने तय गरिएको छैन ।
उनले जुलाई १९ र जुलाई २० मा हुने मियामीका दुई खेल र जुलाई २४ मा हुने एमएलएस अल स्टार खेल गुमाउनेछन् ।

सम्बन्धित् समाचार