गृहपृष्ठ Featured पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३५ वर्षीय पुरुष पक्राउ

पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३५ वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति:

पाल्पा ।

पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

मिस्दी गाउँपालिका- ७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्तबहादुर विकलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्से भन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित् समाचार