गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमि नगरपालिकाको कुल खर्च ७९.५७ प्रतिशत

बुद्धभूमि नगरपालिकाको कुल खर्च ७९.५७ प्रतिशत

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ७९.५७ प्रतिशत अर्थात् ७३ करोड ४४ लाख ९२ हजार ६३८ रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले चालुतर्फ ८०.२९ प्रतिशत अर्थात् ४९ करोड ४१ लाख १८ हजार ५९३ रुपैयाँ खर्च गरेको नगरपालिकाका लेखा शाखा अधिकृत रेनुराम ज्ञवालीले वैखरीलाई जानकारी दिए ।

गत आर्थिक वर्षको बजेटअनुसार चालुतर्फ ६१ करोड ५४ लाख ३० हजार ७५० रुपैयाँ विनियोजन गरिएको थियो ।

लेखा शाखा अधिकृत ज्ञवालीले पुँजीगत तर्फ ७८.१४ प्रतिशत अर्थात् २४ करोड ३ लाख ७४ हजार ४५ रुपैयाँ खर्च भएको जानकारी दिए । नगरपालिकाले पुँजीगततर्फ ३० करोड ७६ लाख ३२ हजार विनियोजन गरेको थियो ।

आव २०८०/८१ मा बुद्धभूमि नगरपालिकाले ९२ करोड ३० लाख ६२ हजार ७५० रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

सम्बन्धित् समाचार