परासी ।
पूर्वी नवलपरासीको देवचुलीमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको देवचुली नगरपालिका ८ आपटारीस्थित नहरमा डुबेर स्थानीय ३२ वर्षीया गंगा विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलले नहरमा डुबेको अवस्थामा फेला पारेर दुम्कौली अस्पताल ल्याइएकोमा उपचारको क्रममा विकको मृत्यु भएको बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।