गृहपृष्ठ Featured बुटवलको फूलबारीमा एक वर्षमा भित्रिए साढे पाँच लाख पर्यटक

बुटवलको फूलबारीमा एक वर्षमा भित्रिए साढे पाँच लाख पर्यटक

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी)मा एक वर्षको अवधिमा साढे ५ लाख पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ४९ हजार ३९४ पर्यटकले टिकट काटेर फूलबारी दर्शन गरेका हुन् ।

जसमध्ये १० प्रतिशत भारतीय पर्यटकहरू छन् । जसबाट फूलबारीले ३ करोड ७३ लाख ६१ हजार ८७४ रुपैयाँ आम्दानी गरेको उद्यानका महासचिव युवराज घिमिरेले जानकारी दिए ।

फूलबारीले बुटिक पार्कका रूपमा विकास गर्ने योजना अघि सारिएको घिमिरेले बताए ।

सम्बन्धित् समाचार