गृहपृष्ठ Featured लोक गायक एलपी जोशीको निधन

लोक गायक एलपी जोशीको निधन

प्रकाशित मिति:

काठमाडौं ।

लोक गायक एलपी जोशी (लक्ष्मी प्रसाद जोशी)को निधन भएको छ । उनकाे ८८ वर्षको उमेरमा निधन भएको हो ।

जोशीको जन्म धनकुटा बजारमा नेवार परिवारमा भएको थियो भने उनी लामो समयदेखि झापा दमकमा बसोबास गर्दै आएका हुन् ।

२०१३ सालमा प्रथम पटक आफ्नो गीत रेकर्ड गराएको वरिष्ठ गायक एलपी जोशीको जम्मा ४५ ओटा गीतहरु रेडियो नेपालमा रेकर्ड छन् ।
उनका अधिकांश गीतहरु २०२० साल पहिले नै रेकर्ड भएका हुन् ।

वरिष्ठ लोकगायक एलपी जोशीका विभिन्न ४५ ओटा रेकर्डेड गीतहरुमध्ये ‘रिटिङरिटिङ नबजाउ बिनायो बिनायोले मन मेरो छिनायो’ र ‘ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर हो’नामक गीत सर्वाधिक चर्चित छन् ।

सम्बन्धित् समाचार