साउन १५ गते
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कृष्णनगरको वडा नम्बर ९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो ।
आफ्नै घरमा पखां बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए ।








