गृहपृष्ठ Featured रुपन्देहीको रोहिणीले ल्यायाे ५८ करोड ७९ लाखकाे बजेट

रुपन्देहीको रोहिणीले ल्यायाे ५८ करोड ७९ लाखकाे बजेट

तिलाेत्तमा ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार १५ औं गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले प्रस्तुत  गरेको बजेटमा आन्तरिक आयतर्फ  २ करोड ६१ लाख १४ हजार, संघीय सरकारबाट प्राप्त  ४८ करोड ६५ लाख, प्रदेश सरकारबाट प्राप्त ३ करोड ११ लाख १४ हजार, बैंक मौज्दात ३ करोड ७० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख अनुमान गरिएको छ ।

त्यस्तै विनियोजनतर्फ प्रदेश सरकारबाट प्राप्त सर्शत अनुदान समपूरक र विशेष १ करोड ८५ लाख, संघीय सरकार सशर्त समपूरक विशेष २६ करोड २९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक १० करोड, शिक्षातर्फ ३ करोड, क्रमागत योजना/समपूरक २ करोड ७५ लाख, गाउँपालिका प्रशासनिक भवन ३ करोड विनियोजन गरिएको छ ।

उपाध्यक्ष हरिजनका अनुसार आर्थिक, सामाजिक, पूर्वाधार विकास र संस्थागत सुशासनमार्फत गरिबी निवारण गरी समृद्ध रोहिणी निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकुद, पूर्वाधार विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक आदि शीर्षकलाई बजेटमा प्राथमिकता दिइएको छ ।

सम्बन्धित् समाचार