गृहपृष्ठ Featured बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु

बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु

नेपालगञ्ज ।

बाँकेमा वर्षाका कारण कोहलपुर नगरपालिका-१५ स्थित बेलनपुर नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

बैजनाथ –७ पेडारीका वीरबहादुर थारुको भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार कोहलपुर-१५ बेलनपुरस्थित बेलनपुर नहरको बीचमा मृत अवस्थामा मानिस रहेको भन्ने खबर आउनासाथ प्रहरीले नहरमा छिरेर शवलाई बाहिर झिकेको र शवको पहिचान भएको हो ।

वर्षाका कारण नहरमा आएको बाढीले थारुलाई बगाएर ल्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार