गृहपृष्ठ Featured बुटवल-नारायणगढ सडक निर्माण ठप्प भएपछि आयोजना प्रमुखसँग सोधियो स्पष्टीकरण

बुटवल-नारायणगढ सडक निर्माण ठप्प भएपछि आयोजना प्रमुखसँग सोधियो स्पष्टीकरण

पूर्वी नवलपरासी ।

बुटवल-नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुई साता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगरेपछि जिल्ला प्रशासन कार्यालयले आयोजनाको जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधेको छ ।

बुटवल-नारायणगढ सडक ओयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इन्जिनियर आशिष थापालाई गत शुक्रबार स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

‘राजमार्गमा कहीँ कतै काम गरेको नदेखिएपछि यो सडक हेर्ने सरकारी कार्यालय बुटवल-नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैंडाकोटमा छड्के जाँचमा जाँदा कार्यालयमा पालेबोहक कोही भेटिएनन् । सबै काठमाडौं गएका रहेछन्,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘सडक निर्माणको काम हेर्ने आयोजना प्रमुखसहित कर्मचारी कोही पनि नभएपछि ठेकेदारले किन काम गर्थ्यो र ?’

पोखरेलले कार्यालय प्रमुख, इन्जिनियरलगायत कर्मचारी नबसेर कार्यालय नै रित्तो बनाएकोले स्पष्टीकरण सोधिएको बताए । चिनियाँ ठेकेदारले निर्माण गर्ने बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्नेदेखि गैंडाकोट क्षेत्रको सडक यही कार्यालयले हेर्न गर्छ ।

सम्बन्धित् समाचार