गृहपृष्ठ Featured बुद्धभुमी ५ ः गौतम बुद्ध बनका अध्यक्ष मल्लको मनपरि, घरमै बस्ने बनको भत्त्ता लिने

बुद्धभुमी ५ ः गौतम बुद्ध बनका अध्यक्ष मल्लको मनपरि, घरमै बस्ने बनको भत्त्ता लिने

प्रकाशित मिति:

वैखरी अनलाइन , बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नः ५ मा रहेको गौतम बुद्ध सामुदायिक बनका अध्यक्षले कमिशनका खेलमा मनपरि गरेको पाइएको छ । बनका हरेक गतिविधिमा कमिशन माग गरेपछि अध्यक्ष सुर्य बहादुर मल्लले मनपरि गरेको पाइएको हो।

उनले बनको कार्यालय  नआउदा समेत हाजिर गरेर भत्ता लिने गरेको सो बनका एकपुर्व अध्यक्षले वैखरी अनलाइनलाई बताए । “मेरो पार्टीका वडा अध्यक्ष थापाले लुटे, मैले  जाबो बनमा महिनाको दश बिस दिन नआई हाजिरि गर्न के हुन्छ ” कर्मचारी  स्रोतको भनाई छ ।

बनको अध्यक्ष हो, जागिरको सवाल छ, के गर्नु एकै दिन आएर २७ दिनको भत्ता लिन कागज मिलाएको मैले देखेको छु , के भन्ने के गर्ने , बनकै एक पदाधिकारीको भनाइ छ ।।

 

यस बिषयमा बुद्धभुमी वडा नः ५ का अध्यक्ष रोम थापालाई प्रश्न गर्दा बनले आफु र वडासगं कुनै सम्वन्य नगरेको बताउदैँ यस बिषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन । बनले हालसम्म कुनै सहकार्य नगरेको बताउदै साधारण  सभा , कार्यक्रम, अधिवेशन बाहेक आफुलाई बनका गतिविधि बारे जानकारी नभएको बताए ।

१)बनमा अध्यक्ष मल्लको मनपरि ।
उनले गत आर्थिक बर्ष भएको बनको काठ कटानमा प्रतिस्पर्धा नगराई सेटिङ्कमा मिलाएर आफै कमाएको प्रमाणित भएको छ । कटानका हकमा उनले प्रतिस्पर्धा नगराई सुचना लुकाएर ३ लाख ७ हजार रुपैया नगद लिएको स्रोतको दावि रहेको छ ।

२) घर सुतेर एकै दिनमा महिनादिनको हाजिरि ।
बनका अध्यक्ष्य मल्लले घरमै बसेर सामुदायिक बन कार्यालयमा गएको भन्दै हाजिरि गरी भत्ता समेत लिएको पाइएको छ । बनकै पदाधिकारीका अनुसार “अध्यक्षले बनलाई समय त दिनुहुन्न तर जुन दिन आउनु हुन्छ , त्यो दिन महिना दिनको हाजिरि गरेर जानुहुन्छ, अरुले थाहा पाए भने के हुन्छ भन्दा , नेताले देश लुटे हामीले एक दुई लाख पाउदा केही नहुने ” बनका एक पदाधिकारीले नाम नखुलाउने शर्तमा वैखरीलाई बताए ।

 

सामुदायिक बनका एक पदाधिकारीका अनुसार अध्यक्ष मल्लले हरेक काममा सेटिङ्क मिलाएर काम गर्ने गरेको बताउदै उनलाई साथ नदिने बताए ।

 

सम्बन्धित् समाचार