गृहपृष्ठ Featured अकासियो सुनको मूल्य : तोलाकै डेढ लाख बढी

अकासियो सुनको मूल्य : तोलाकै डेढ लाख बढी

काठमाडौँ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यभने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

सम्बन्धित् समाचार