लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख एक हजार रुपैयाँ दान हस्तान्तरण भएको छ। चिनियाँ भिक्षु तथा नागरिकहरुले व्यक्तिगत रुपमा रकम जम्मा गरी विश्वविद्यालयलाई ४० लाख एक हजार रुपैयाँ दान गरेका हुन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बीच चीनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरुले दिएका दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताए।








