गृहपृष्ठ Featured अर्घाखाँचीका दर्जन सरकारी कार्यालयमै लेखापालको पद रिक्त

अर्घाखाँचीका दर्जन सरकारी कार्यालयमै लेखापालको पद रिक्त

अर्घाखाँचीका अधिकांश सरकारी कार्यालयहरूमा लेखापालको पद रिक्त रहेको भेटिएको छ। महत्वपूर्ण कार्यालयहरूमा लेखापाल अभाव हुँदा कार्य सम्पादनमा असर पुगेको छ।

अर्घाखाँची अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइलगायतका महत्वपूर्ण कार्यालयमा लेखापाललगायतका कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर पुगेको जनगुनासो बढ्न थालेको छ।

अर्घाखाँची अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, भेटेरिनरी अस्पताल, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, विशेष नापी कार्यालय, नौमुरे बहुउद्देश्यीय आयोजना, अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रलगायतका कार्यालयमा लेखापालको दरबन्दी रिक्त रहेको पाइएको हो। जिल्ला हुलाक कार्यालयमा पहिले कायम रहेको लेखापालको दरबन्दी कटौती भएको छ भने करदाता सेवा कार्यालयमा दरबन्दी नै नभएपछि कोलेनिकाले हेर्दै आएको छ।

भेटेरिनरी अस्पतालका प्रमुख विष्णु पौडेलले लेखापालसहित प्रशासन हेर्ने कर्मचारी पनि नहुँदा सेवाग्राहीसँंगै आफूहरूले सास्ती भोग्नुपरेको बताए।

सम्बन्धित् समाचार