सल्यान ।
अविरल वर्षापछिको पहिरोका कारण मदन भण्डारी राजमार्गअन्तर्गत दाङ–सल्यान कालिमाटी– सुर्खेत सडक र कपुरकोट– फलाबाङ सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ ।
सल्यानको कालिमाटी गाउँपालिका–४ टटेलीमा गएको पहिरोले दाङ–सल्यान कालिमाटी– सुर्खेत र किमुचौरमा पहिरोसँगै सडक भासिएपछि कपुरकोट–फलाबाङ सडक अवरुद्ध भएको हो ।
अहिले कालिमाटी–४ टटेलीमा सुरक्षाकर्मीको टोली पुगेर पहिरो हटाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।








