गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघले भन्यो- ‘बाढीले व्यवसायीहरुमा थप पिडा थप्यो’

कपिलवस्तु उद्योग बाणिज्य संघले भन्यो- ‘बाढीले व्यवसायीहरुमा थप पिडा थप्यो’

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघले यही भाद्र ४ गते परेको अविरल वर्षा पछि आएको बाढीले व्यवसायीहरुमा थप पिडा थपेको जनाएको छ । बिहिबार संघका अध्यक्ष गणेश वहादुर क्षेत्रीले एक प्रेस विज्ञप्तिमार्फत थुप्रै व्यवसायीहरुका गोदाममा बाढी पसी ठुलो मात्रामा समानहरु क्षति पुगेको भन्दै यसले व्यवसायीहरुमा थप पिडा थपिएको बताएका छन् ।

‘कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको डुवानका कारण जनजीवन अत्यन्तै प्रभावित भएको र थुप्रै धनरासीको क्षति भई आम सर्वसाधरण साथै हाम्रा उद्योगी व्यवसायीहरुलाई परेको मर्काप्रति कपिलवस्तु उद्योग वाणिज्य संघ परिवार निकै दुखित छौ । विशेष गरेर हाम्रा थुप्रै व्यवसायीहरुका गोदाममा बाढी पसी ठुलो मात्रामा समानहरु क्षति पुगेको छ । यसले यो कठिन अवस्थामा चलिरहेको व्यवसायमा थप पिडा थपिएको छ । यस अवस्थामा व्यवसायीहरुलाई परेको कठिनाइलाई सहजिकरण गर्न कपिलवस्तु उद्योग वाणिज्य संघ हरबखत साथमा छ । व्यवसायीहरुले क्षतिको विवरण सम्वन्धित वडा कार्यालय साथै कपिलवस्तु उद्योग वाणिज्य संघको कार्यालयमा जानकारी गराउनुहुन अनुरोध गर्दछौ ।,’ उक्त विज्ञप्तिमा भनिएको छ ।

विमा भएका व्यवसायीहरुलाई यस विषम परिस्थितिमा विमा कम्पनीहरुवाट झन्झटिलो प्रकिया नगराउन व्यवसायीहरुलाई दुःख नदिन र सहज प्रकियाबाट क्षति भएको वस्तुको विमा अनुसार क्षतिपूर्ति उपल्बध गराउन संघले आग्रह गरेको छ ।

यो परिस्थितिलाई पुन दोहोरिन नदिनका लागी स्थानिय तहले वर्षौंदेखी चलिरहेका पानीको निकास हुने स्थानहरुको खोजी गरी ती क्षेत्रहरुलाई पुरानै अवस्थामा ल्याउन, वस्तीविकास र जनघनत्व वढ्दै जाँदा पानीका निकासहरु साँगुरिंदै गएको भन्दै संघले अब उप्रान्त घर नक्सा पास गर्दा पानीको निकासवारे अध्ययन गरेर घर नक्सा पास गर्न र दिर्घकालिन रुपमा समस्या समाधानका लागी प्रदेश साथै संघीय सरकारसंग समन्वय गरी पानीको निकासको व्यवस्था मिलाउन भनेको छ । संघले बाढीले भएको क्षतिको छिटो विवरण संकलन गरी स्थानिय तह साथै जिल्ला विपद व्यवस्थापन कोषवाट उचित राहत प्रदान गर्न आग्रह गरेको छ ।

‘यो परिस्थितिलाई पुन दोहोरिन नदिनका लागी स्थानिय तहले वर्षौंदेखी चलिरहेका पानीको निकास हुने स्थानहरुको खोजी गरी ती क्षेत्रहरुलाई पुरानै अवस्थामा ल्याउन, वस्तीविकास र जनघनत्व वढ्दै जाँदा पानीका निकासहरु साँगुरिंदै गएकोमा अव उप्रान्त घर नक्सा पास गर्दा पानीको निकास वारे अध्ययन गरेर घर नक्सा पास गर्न र दिर्घकालिन रुपमा समस्या समाधानका लागी प्रदेश साथै संघीय सरकार संग समन्वय गरी पानीको निकासको व्यवस्था मिलाउन र भएको क्षतिको छिटो विवरण संकलन गरी स्थानिय तह साथै जिल्ला विपद व्यवस्थापन कोषवाट उचित राहत प्रदान गर्नका लागी कंपिलवस्तु उद्योग वाणिज्य संघ हार्दिक अनुरोध गर्दछ ।’

यस्तो छ संघको विज्ञप्ति :

सम्बन्धित् समाचार