गृहपृष्ठ Featured पाल्पाको भगवती रथयात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा

पाल्पाको भगवती रथयात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा

पाल्पा ।

पाल्पास्थित भगवती रथयात्रामा पहिलोपटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका हुन् ।

भगवती गुठीका अनुसार भगवती मन्दिरमा पूजा आराधना र रथयात्राको अवलोकेनका लागि लागि राष्ट्रपति पौडेलको उपस्थिति हु ने पक्का भएको छ ।

नेपाल-अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा (भगवतीको रथ यात्रा) निकाल्दै आइएको छ ।

यसपटक १०५ औं रथ यात्रा निकाल्ने तयारी जारी छ । तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो ।

युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो ।

कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए ।

यसैबीच यस वर्षको भगवती रथ यात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लालाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार