गृहपृष्ठ Featured भारत भारतको मणिपुर राज्यमा रकेट आक्रमणपछि विद्यालय बन्द

भारत भारतको मणिपुर राज्यमा रकेट आक्रमणपछि विद्यालय बन्द

प्रकाशित मिति:

भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ ।

जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो ।

स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ ।

शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो । स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार