गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुद्धारा विपि जयन्तीमा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

कांग्रेस कपिलवस्तुद्धारा विपि जयन्तीमा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

वैखरी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले बिपि जयन्तीका अवसरमा बृक्षारोपण तथा सरसरफाई गरी मनाएको छ ।

जिल्लाको तौलीहवा स्थीत पार्टी कार्यलय परिसरमा सरसफाई अभियान सञ्चालन गर्दै, वातावरणलाई सफा र स्वच्छ राख्न महत्वपूर्ण योगदान पु¥याएको नेपाली कागं्रेस कपिलवस्तुले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमानले बिपिको बिचारमा चल्न सके देशले समृद्धिको दिशामा जाने बताए । राष्ट्रीयता, लोकतन्त्र र समाजवादलाई ब्यवहारमा उतार्न सके पार्टी र देश दुवै अगाडी बढने उनको भनाई छ ।

साथै सो अवसरमा नेपाली कागं्रेसका जिल्ला सभापति अब्दुल कलाम मुसलमान , पुर्व जिल्ला सभापति राजेश आर्चाय , नेपाली काग्रेस जिल्ला कार्य समिति, क्षेत्रीय समिति र नगर समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको नेपाली कागं्रेस जिल्ला कार्य समिति कपिलवस्तुका जिल्ला सचिव शक्ति सिहं ठकुरीले जानकारी दिए । बिपि कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन ।

सम्बन्धित् समाचार