गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा : स्थानीय सेवा गठनको विधेयक पेस

लुम्बिनी प्रदेशसभा : स्थानीय सेवा गठनको विधेयक पेस

दाङ ।

लुम्बिनी प्रदेशसभामा आज  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस गरेकी हुन् ।

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको आज २९ औँ बैठकमा समितिका सभापति बुढाले प्रतिवेदन सहितको विधेयक पेस गरेकी हुन् । भदौ ६ गते बसेको प्रदेश सभाको २७ औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथि पुनः छलफल गरेर आज  बैठकमा पेस गरेको हो ।

सम्बन्धित् समाचार