वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघले ढक, डिजिटल काटा, तराजु नबिकरण तथा चेक जाँच सम्बन्धि कार्यक्रमलाई विहिबार पनि निरन्तरता दिने भएको छ ।
संघको कार्यालय चारनम्बर जितपुरमा उक्त कार्यक्रम बुधबार गरेको थियो । कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेलले उक्त कार्यक्रम नापतौल कार्यालय बुटवलको सहयोगमा गरिएको बताए ।
ब्यबसायीहरुको माग र आवश्यकतालाई मध्येनजर गरि उक्त कार्यक्रम गर्न लागिएको संघका महासचिव नवदत्त घिमिरेले वैखरीलाई जानकारी दिए ।
ढक, तराजु, डिजिटल काटा नबिकरण तथा चेक जाँच गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न संघ लागिपरेको बताउँदै उनले मौकाको फाईदा उठाउन सम्पुर्ण व्यवसायीलाई अपिल समेत गरेका छन् ।