गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंमा ढक तराजु नापजाचँ, कारबाहीबाट बच्न अनुरोध

कपिलवस्तु उद्योग बाणिज्य सघंमा ढक तराजु नापजाचँ, कारबाहीबाट बच्न अनुरोध

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघले ढक, डिजिटल काटा, तराजु नबिकरण तथा चेक जाँच कार्यक्रम सुरु भएको छ ।
संघको कार्यालय चारनम्बर जितपुरमा बुधबारबाट सुरु भएको कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष हुमनाथ पौडेलले बताए । कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पौडेलले यस क्षेत्रका ब्यवसायीलाइ मध्यनजर गर्दै नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलको सहकार्यमा यो कार्यक्रम ल्याइएको बताए ।

सेवाग्राही मारमा नपरुन र ब्यवसायी आफनो ब्यवसायीप्रति जिम्मेवार बनुन भन्नका लागी यस्ता कार्यक्रमलाई निरन्तरता समेत दिने पौडेलको भनाई छ । साथै समय सापेक्ष हुने यस्ता कार्यक्रमलाई ब्यवसायीलाई जरिवानाबाट समेत बचाउने बिश्वास लिएको बताए ।

गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरिक्षक गणेश पौडेलले बताउदै मौका फाइदा लिन आग्रह गर्दै यसपछि तत्काल हुने अनुगमनपछिको कारबाहीबाट बच्न अनुरोध समेत गरेका छन ।

कार्यक्रम बिहिबार पनि हुने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष तथा बरिष्ठ समाजसेवि डोलकराम घिमिरे, उपाध्यक्षहरु खुमानन्द घिमिरे, राम जि सेन, नारायण पौडेल , मिना पौडेल लगायतक ३० बढि ब्यवसायीहरु सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार