गृहपृष्ठ Featured लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययन शुरु

लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययन शुरु

बुटवल ।

संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययन शुरु गरेको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको हो ।

२०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ ।

सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै उनले प्रवद्र्धनमा सरकारले नै काम गर्नुपर्ने बताए । नेपालका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसँग रहेको भन्दै उनले आफूहरुले समितिमा छलफल गरेर यसको विकासमा ठोस निर्देशन सरकारलाई गर्ने बताए ।

सम्बन्धित् समाचार