गृहपृष्ठ Featured संघको हस्तक्षेपले प्रदेशलाई ऋणात्मक बनाउन लागेको छ : मुख्यमन्त्री आचार्य

संघको हस्तक्षेपले प्रदेशलाई ऋणात्मक बनाउन लागेको छ : मुख्यमन्त्री आचार्य

देउखुरी ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेर संघीय सरकारले नै प्रदेशलाई ऋणात्मक बनाउन लागेको आरोप लगाएका छन् ।

उनले प्रदेश र स्थानीय तहको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गर्न नहुने बताए । संघले दिएको बजेट रोकेर प्रदेशलाई ऋणात्मक बनाउने काम गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा बुधबार लुम्बिनी प्रदेशमा आयोजना गरिएको ‘संघीयता सवलीकरण’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमाथि संघीय सरकारले कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने बताए । ‘संविधानले स्पष्ट रूपमा प्रदान गरेका अधिकारमाथि कसैले कुनै पनि बहानामा हस्तक्षेप गर्न हुँदैन,’ उनले भने, ‘संविधानले दिएको कुनै पनि अधिकार संघले रोक्न पाउँदैन, प्रदेशको बजेट रोकेर ऋणात्मक बनाउनु संविधान विपरीत हो ।’ त्यसमा संघीय सरकारका सांसदहरू नै अनुदार बनेको उनले आरोप लगाए ।

सम्बन्धित् समाचार