गृहपृष्ठ Featured कपिलवस्तुमा एक्कासी मोटरसाईकल रोकेर २ जनाले गरे कुटपिट

कपिलवस्तुमा एक्कासी मोटरसाईकल रोकेर २ जनाले गरे कुटपिट

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा एक पुरुषमाथि २ जनाले कुटपिट गरेका छन् । मंगलबार कपिलवस्तु नगरपालिका- ७ बर्गदवाका रामानन्द चौधरीमाथि २ जनाले कुटपिट गरेका हुन् ।

चौधरी मंगलबार राति करिब ८ बजे दोहोनीदेखी घर जादैं थिए । सोही क्रममा दोहनी–बर्गदवा गाउँको बीचमा २ जनाले एक्कासी मोटरसाईकल रोकेर फलामको दण्डीले टाउकोसहित शरीरका विभिन्न भागमा कुटपिट गरेको कुटपिटबाट घाईते चौधरीले बताएका छन् । उनले आफुमाथि कुटपिट गरी हत्या गर्ने प्रयास भएको दाबी गरेका छन् ।

चौधरीको अवस्था हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ । प्रहरीका अनुसार हालसम्म कुटपिट गर्ने व्यक्तिको परिचय नखुलेको र उनीहरु फरार अवस्थामा रहेका छन् ।

सम्बन्धित् समाचार