गृहपृष्ठ Featured संविधान दिवस : बाणगंगा- २ को वडा कार्यालय परिसरमा प्रज्वलन

संविधान दिवस : बाणगंगा- २ को वडा कार्यालय परिसरमा प्रज्वलन

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपनलिका- २ ले सबिंधान दिवसका अवसरमा दिप प्रज्वलन गरेको छ । वडा नः २ को कार्यालय परिसरमा दिप प्रज्वलन गरी सबिंधान दिवस मनाइएको हो ।

सो अवसरमा बोल्दै बाणगंगा नगरपालिका -२ का वडाध्यक्ष तथा बाणगंगाका प्रवक्ता बिष्णु पौडेलले नेपालीको ठुलो मेहेनत र बलिदानीबाट प्राप्त सबिंधानलाई सस्थागत गर्न आवश्यक रहेको बताए । साथै सबिंधान घोषणा भएको दिनलाई नेपालीले पर्वका रुपमा मनाउन आवश्यक रहेको समेत बताए ।

साथै नेपाली कांग्रेस बाणगंगा नगरपालिका- २ का वडा सभापति हिम बहादुर कार्कीले आफनो गाउ टोलको बिकासमा सबै एकजुट भएर अगाडी जानुपर्ने बताए ।

कार्यक्रममा वडासदस्यहरु शान्ता पाण्डे, झिमलाल सापकोटा, स्थानिय समाजसेवि, राजनितिका दलका प्रमुख तथा प्रतिनिधि, वडास्तरीय युवाक्लवका पदाधिकारी तथा सदस्यहरु लगायत ४० बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार