गृहपृष्ठ Featured तिनाउ खोलाले बगाएर भारतीय युवाको मृत्यु

तिनाउ खोलाले बगाएर भारतीय युवाको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन, पाल्पा ।

 

तिनाउ खोलाले बगाएर भारतीय युवाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, दोभान पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय युवा २६ वर्षीय विशाल कुमार जातबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

भारतको उत्तरप्रदेशस्थित आग्राबाट घुम्न आएका जातब पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बेपत्ता भएको र खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार