गृहपृष्ठ Featured नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति कपिलवस्तु विस्तार (नामावलीसहित)

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति कपिलवस्तु विस्तार (नामावलीसहित)

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति कपिलवस्तु विस्तार गरिएको छ । संघका जिल्ला अध्यक्ष पदम प्रताव सेनले एक पत्र सार्वजनिक गर्दै कार्यसमिति विस्तार गरिएको जानकारी गराएका हुन् ।

अध्यक्ष सेनले नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान, २०७९ भाग ६ को २४ बमोजिम रहेको प्रावधान अनुसार जिल्ला कार्यसमिति विस्तार गरिएको वैखरीलाई जानकारी दिएका छन् ।

उनले विस्तारित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले संघको अनुशासन र मर्यादामा रहदैं संघलाई थप चुस्त दुरुस्त पार्दै सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

साथै संघको विधि विधान अनुरुप कार्य गर्ने र गराउने कार्यमा लाग्न समेत आग्रह गरेका छन् ।

अध्यक्ष सेनले सम्पुर्णलाई बधाई तथा शुभकामना दिदैं संघलाई नमुना संघका रुपमा स्थापित गर्न सक्रियताका साथ लाग्न अपिल समेत गरेका छन् ।

विस्तारित कार्यसमितिमा को-को परे ?
१. उपाध्यक्ष नारायण अर्याल
२. उपाध्यक्ष कालिका उपाध्याय
३. उपाध्यक्ष मोहम्मद शरिफ मुसलमान
४. सचिब रण बहादुर क्षेत्री
५. कोषाध्यक्ष बम बहादुर कुँवर
६. सहसचिव नवराज पौडेल
७. सहसचिव बिन्दु शाहनी क्षेत्री
८. सहसचिव दिपक थारु
९. सहसचिव गणेश लाल कर्ण
१०. सदस्य उमानाथ पोखेल
११. सदस्य कोपिला थापा
१२. सदस्य वेद प्रकाश भुषाल
१३. सदस्य संगिता पोखेल
१४. सदस्य माधुरी ओली गिरी
१५. सदस्य दिप कुमार केवट
१६. सदस्य केशव थापा
१७. सदस्य मैनुद्धिन मुसलमान
१८. सदस्य राकेश तिवारी
१९. सदस्य अहमद हुसैन
२०. सदस्य अब्दुल जाहिद
२१. सदस्य बिशेन्द्र सिंह रावल
२२. सदस्य हरि बहादुर गुरुङ्ग

सम्बन्धित् समाचार