विराटनगर ।
सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए ।
विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे ।







