वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ मधुवनीकी एक महिला हराएकी छिन् । बुधबार २२ बर्षीया सविता सुनार छोरीलाई स्कुलमा लिन भनि घरबाट हिडेको पारिवारिक स्रोतले जनाएको छ ।
तर सविता बाणगंगा नगरपालिका- ८ पुलचोकमा रहेको भूपु सैनिक स्कुल नै नपुगी वेपत्ता भएको बताईएको छ ।
उनलाई देख्ने जो कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गरि खोजी कार्यमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।
उनको खोजी कार्य जारी छ ।