गृहपृष्ठ Featured सार्वजनिक पदधारण गरेका व्यक्ति राष्ट्रप्रति उत्तरदायी हुनुपर्छ : नगरप्रमुख अर्याल

सार्वजनिक पदधारण गरेका व्यक्ति राष्ट्रप्रति उत्तरदायी हुनुपर्छ : नगरप्रमुख अर्याल

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगरको सभाहलमा भएको उक्त कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको आयोजनामा भएको हो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सुशासन प्रवर्द्धनका लागि सकारात्मक बहस आवश्यक रहेको बताए । सार्वजनिक पदधारण गरेका व्यक्तिहरु राष्ट्रप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले भ्रष्टाचार नियन्त्रणका विभिन्न विधि, अख्तियारको कार्यशैली र भ्रष्टाचारविरुद्धको कानुनी प्रक्रिया स्पष्ट पारेका थिए । उनले अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको दाबी गरे ।

कार्यक्रममा उप प्रमुख रिता कुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको लागि आआफ्ना विचार राखेका थिए ।

सम्बन्धित् समाचार