गृहपृष्ठ Featured नेविसंघ कपिलवस्तुले भन्यो– ‘अविरल बर्षाले गर्दा तत्काल बास र खाद्यान्नको समस्या भए सम्पर्क गर्नु’

नेविसंघ कपिलवस्तुले भन्यो– ‘अविरल बर्षाले गर्दा तत्काल बास र खाद्यान्नको समस्या भए सम्पर्क गर्नु’

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल विधार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति कपिलवस्तुले अविरल बर्षाले क्षति भएका अति विपन्न तथा समस्यामा परेका घरपरिवारलाई तत्काल बास र खाद्यान्नको समस्या भए सम्पर्क गर्न अपिल गरेको छ ।

शनिबार संघका उपाध्यक्ष मिन बहादुर थापाले एक पत्रमार्फत आह्वान गर्दै यस्तो अपिल गरेका हुन् । संघले सो पत्रमार्फत नदि किनारा, तटिय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

‘देशभर अविरल वर्षा भएको सर्वविदितै छ, यस वर्षाले जनधन दुबैको क्षति भएको छ । मिति २०८१/०६/१० गतेबाट लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको छ । अविरल बर्षाले गर्दा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौं । कपिलवस्तुमा पनि सोही वर्षाका कारण कपिलवस्तुका नदीहरु बाणगंगा, रामघाट, कोइली खोला, कुन्द्रेखोला, गुरडुङ खोला लगायतका नदीहरुका तटीय क्षेत्रमा डुवान भएकाले सो आसपासका बासिन्दाहरुलाई सतर्क रहन अपील गर्दै सो क्षेत्रका पालिकाहरुलाई आवश्यक समन्वय गरि जोखिम क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा पुर्याउनुहुन र जोखिममा परेकाहरुलाई तत्काल राहत र उद्धारका लागि हार्दिक अनुरोध गर्दछौं । साथै राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दै नेपाल बिद्यार्थी संघका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनताको सेवामा जुट्न आग्रह गर्दछौं ।’ उक्त पत्रमा उल्लेख गरिएको छ ।

संघले यातायातका साधनमा यात्रा गर्दा सतर्कता अपनाउन अपिल गर्दै नेविसंघका नेता कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा सहयोग तथा उद्धारका लागि खटिन अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार