वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ मधुवनीकी सविता सुनार भेटिएकी छिन् । २२ बर्षीया सविता बुधबारदेखि सम्पर्क विहिन भएकी थिईन् ।
सविता विहिबार राति १० बजे परिवारको सम्पर्कमा आएको बुवा प्रेम सुनारले जानकारी दिए । बुवा प्रेमका अनुसार सविता साथीहरुसंग काठमाडौं गएको र अब एक महिनापछि मात्र घर आउने जानकारी गराएकी छिन् ।
उनी आफ्नी छोरी पढ्ने स्कुलमा फि बुझाउन भनि घरबाट निस्किएकी थिईन् । तर उनी स्कुलै नपुगी परिवारसंग सम्पर्क विहिन भएकी थिईन् ।