गृहपृष्ठ Featured बुटवलमा सडकबत्तीको पोलमा करेन्ट लागेर मर्‍यो साँढे

बुटवलमा सडकबत्तीको पोलमा करेन्ट लागेर मर्‍यो साँढे

बुटवल ।

बुटवलमा बत्तीको पोलमा करेन्ट लागेर छाडा चौपायाले ज्यान गुमाएको छ । बुटवलको मिलनचोक तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा असुरक्षित तरिकाले वायरिङ गर्दा चौपायालाई करेन्ट लागेको स्थानीयको भनाई छ । निरन्तर वर्षा भइरहेको बुटवलमा शनिबार विहान उक्त घटना भएको हो ।

बुटवल उपमहनगरपालिकाले सडक बत्ती तथा छाडा चौपायाको सही व्यवस्थापन नहुँदा घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । छाडा चौपाया व्यवस्थापन नहुँदा बुटवलका पटक(पटक विभिन्न घटना हुने गरेका छन् । बुटवलमा छाडा चौपायाको आक्रमणबाट मानिसको समेत ज्यान जानुका साथै सडक दुर्घटनाहरु हुने गरेका छन् ।

चौपाया व्यवस्थापन नहुँदा गत साउन २० गते एक महिलाले ज्यान गुमाउनु परेको थियो । गुल्मीको रेसुङ्गा नगरपालिका(४ अर्खले भई बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे ‘छाडा चौपाया’ ले कुल्चेर ज्यान गुमाएकी थिइन् ।

घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साउन २४ गते उनको मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार