गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तु अस्पतालका मेसु बन्जाडेको दम्भ : मुख्यमन्त्री आचार्य हुँदासम्म सरुवा भएपनि कतै जान्न !

कपिलवस्तु अस्पतालका मेसु बन्जाडेको दम्भ : मुख्यमन्त्री आचार्य हुँदासम्म सरुवा भएपनि कतै जान्न !

वैखरी अनलाईन, तौलिहवा ।

कपिलवस्तु अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले मुख्यमन्त्रीको आडमा दम्भ देखाउने गरेको पाईएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आफ्नो बुवा पर्ने र आचार्य हुँदासम्म आफुलाई कपिलवस्त अस्पतालबाट कसैले पनि सरुवा गर्न नसक्ने भन्दै उनले दम्भ देखाएका हुन् ।

बन्जाडे पटक-पटक सुरुवा गरिए पनि कपिलवस्तु अस्पतालमा टास्सिएका बसेका छन् ।

उनी सरुवा गरेको स्थानमा महिनौदेखि जान मानिरहेका छैनन् अर्थात नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आदेशको ठाडो उलङ्घन गरेका छन् ।

 

गत साउन २४ गते बन्जाडेलाई स्वास्थ्य मन्त्रालयले सचिव स्तरिय निर्णयबाट कोशी अस्पताल विराटनगरमा कामकाजका लागी सरुवा गर्ने निर्णय गरेको थियो । तर उनले उक्त निर्णयको अवज्ञा गरे । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको आडमा यस्तो गरेको खुलेको छ ।

बन्जाडेले लुम्बिनीमा आचार्य मुख्यमन्त्री हुँदासम्म आफुलाई कसैले हलाउन नसक्ने दाबी गर्दै आएका छन् । बन्जाडेलाई स्वास्थ्य मन्त्रालयले पुनः गत भदौ १८ गते एक पत्रमार्फत कोशी अस्पताल विराजनगरमा पदस्थापन गर्न भनेको थियो । यद्यपि बन्जाडेको दम्भ जारी रह्यो र उनी कोशी अस्पतालमा गएनन् । यसरी बारम्बार सरुवा हुँदा पनि कपिलवस्तु अस्पतालमै आनन्दका साथ बस्नुको पछाडि अस्पतालमा बन्जाडेको अस्वभाविक रुपमा रजगज गरेको प्रष्ट हुने स्रोतले दाबी गरेको छ ।

उनले आफु कपिलवस्तु अस्पतालमा सरुवा भएर आउँदा अस्पताल परिसरमै ठूलो संख्यामा पटाका पड्काउन लगाएका थिए । जसको चौतर्फी आलोचना भएको थियो भने प्रहरीले अस्पतालकै एक जना कर्मचारीलाई नियन्त्रणमा लिनुपरेको थियो ।

यद्यपी अस्पतालका सुचना अधिकारी रत्नाकर शुक्लले अस्पतालको तर्फबाट कुनै पटाका नपड्काईएको भन्दै ध्यानाकर्षण पत्र नै जारी गरेका थिए । स्रोतका अनुसार उक्त पत्र पनि मेसु बन्जाडेकै ठाडो निर्देशक तथा दबाबमा जारी गरिएको थियो ।

यसबारे डाक्टर बन्जाडेसंग बुझ्दाँ उनले यो विषय आफु र सरकारबीचको मात्र रहेको बताए । उनले सरकारले खटाएको स्थानमा आफु खटिएको समेत दाबी गरे । उनले सरुवा हुने क्रम नियमित भएको भन्दै भने, ‘म खटाईएकै स्थानमा खटिएको छु । नखटिए त मलाई सरकारले कारबाही गर्छ ।’

अस्पतालकै आसियुमा रक्सी पार्टी

बन्जाडेले अस्पतालकै आसियु कक्षमा रक्सी पाटी गरेको पाईएको छ । उनले आफ्नो जन्मदिनमा केकसंगै रक्सी राखेर पाटी गरेको खुलेको हो ।

बन्जाडेका यस्ता चरम लापरवाहीपूर्ण गतिविधिले अस्पतालकै कर्मचारी आजित भएको एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । बन्जाडेको गैरजिम्मेवार व्यवहारले अस्पतालकै छविमाथि दाग जोखिम रहेको उनले बताए ।

कामको समयमा घुमफिर र मोजमस्ती

बन्जाडे अस्पतालको कामको समयमा विभिन्न घुमफिर र मोजमस्ती गर्दै हिडेको पाईएको छ । एक कर्मचारीका अनुसार उनी कामकाजको समयमा ड्युटी छाडे्र कपिलवस्तु असपासका क्षेत्रमा घुमफिर र होटलहरुमा मोज गर्दै हिडेको बताए । तौलिहवाका एक स्थानीयले बन्जाडेले अस्पताल प्रशासनलाई पंगु बनाएको समेत आरोप लगाए ।

बन्जाडेको यस्तो प्रवृतिले आमसेवाग्राहीले समस्या झेल्नुपरेको छ । अस्पतालको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुको साटो मेसु नै गैरजिम्मेवार भएर घुमफिर र मोजमस्ती गर्दै हिड्नुलाई हामीहरुले गम्भिरताका साथ लिएका छौं,’ उनले भने । अस्पतालबाट प्राप्त हुने अधिकांश सेवा सुविधा केही दिनदेखि बन्द हुँदा समेत त्यसको समाधानका लागी ठोस पहल नगरेको उनको गुनासो छ ।

अधिकांश सेवा ठप्प भएपछि प्रजिअलाई ध्यानाकर्षण पत्र

कपिलवस्तु जिल्ला अस्पतालमा विगत केही समय देखि अधिकांश सेवा सुविधा ठप्प भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको छ । आईतबार प्रजिअ विश्व प्रकाश अर्याललाई कपिलवस्तु नगरवासीको तर्फबाट युवा नेता बृजेश भटराको नेतृत्वमा एक पत्रमार्फत ध्यानाकर्षण गराईएको हो । कपिलवस्तुवासी नेपालको संविधानले व्यवस्था गरेको स्वास्थ्य सम्बन्धि मौलिक हकबाट वञ्चित हुनुपरेको बताईएको छ ।


‘स्वास्थ्य सेवा राज्यको एक अभिन्न अंग एवम अति आवश्यक सेवा अर्न्तगत रहेको तथा नेपालको संविधान २०७२ को मौलिक हकको अन्तर्गत पर्ने स्वास्थ्य सम्बन्धिको हकबाट यस यस जिल्लाको सम्पुर्ण जनता स्वास्थ्य सेवाबाट पुर्ण सेवा पाउनबाट वञ्चित हुनुपरेको यहाँ समक्ष जानकारीका लागि अनुरोध गर्दछ ।’ उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘कपिलवस्तु जिल्लाको सदरमुकाममा रहेको कपिलवस्तु अस्पतालमा बिगत केही समय देखी अधिकांश सेवा सुविधा बन्द हुँदा जस्तै (रगत परिक्षणको अधिकांश परिक्षण बन्द भएको अल्ट्रासाउन्ड सेवा सुविधा ठप्प हुनु, अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर नहुँदा अधिकांश डेलिभरी केश भैरहवा, बुटवल रिफर हुने भएको हुदा नेपाल सरकारले प्रदान गरेको स्वास्थ्य सेवा पाउनबाट यहाको जनता बञ्चित भएको देखिन्छ । यस विषयको बारेमा कपिलबस्तु अस्पतालको मे.सु. किशोर बन्जाडे बाट सोधपुक्ष गर्दा मेरो सरुवा भईसकेको म नभएको भनि जवाफ आउने गरेको तथा स्वास्थ्य नियमावली अनुसार सरुवा भएको २१ दिनमा रवाना हुनु पर्नेमा रवाना पनि नहुनु तथा स्वास्थ्य सेवा पुर्ण रुपमा प्रदान पनि गर्न नसक्ने भएकोले जनताको स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेकोले सोको जाचबुझ गरी जनताको स्वास्थ्य सम्बन्धिको हक लाई पुर्ण रुपमा उपलब्ध गरिदिनुहुनका निम्ति अवश्यक समन्वयको लागि यहाँ समक्ष अनुरोध गर्दछौ ।’ उक्त पत्रमा उल्लेख गरिएको छ ।

यसबारे प्रजिअ अर्यालले आफुले सम्बन्धित पक्षलाई लिखित रुपमा जवाफ दिएको बताए ।

सम्बन्धित् समाचार