गृहपृष्ठ Featured सबै वनले आर्थिक पाटोलाई पारदर्शी बनाउनुपर्छ : नगरप्रमुख श्रेष्ठ

सबै वनले आर्थिक पाटोलाई पारदर्शी बनाउनुपर्छ : नगरप्रमुख श्रेष्ठ

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १ मा अवस्थित बसन्तपुर सामुदायिक वन उपभोक्ता समूहको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम सोमबार आफ्नै सभालहमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बसन्तपुर सामुदायिक वनले विगतमै वनले प्राप्त गर्ने राष्ट्रकै उत्कृष्ट पुरस्कार प्राप्त गरेर ईतिहास बनाउने बताए । उनले क्षेत्रफलका दृष्टिकोणले सानो वन भए पनि यसको ईतिहास गौरवमय रहेको बताए । वनसम्बन्धि ऐन नियमहरुको दायराभित्र रहेर काम गर्दै वनको आर्थिक पक्षलाई पारदर्शी बनाउनुपर्ने नगरप्रमुख श्रेष्ठको भनाई छ । उनले विगतदेखि नै वनहरुसंग लागत सहभागितामा काम गर्दै आएको स्मरण गरे ।

बुद्धभूमि सदैव वन अतिक्रमण रोक्ने पक्षमा रहेको बताउँदै उनले त्यसका लागी स्थानीय सहकारसंग सहकार्य गर्नुपर्ने बताए ।

बुद्धभूमि नगरपालिका वडा नं.१ का वडाध्यक्ष तेजबहादुर बस्नेत ‘तिलक’ ले पहिले नाङ्गो डाँडाका रुपमा रहेको यस क्षेत्रलाई अहिले हरियालीमा परिणत गर्न बसन्तपुर सामुदायिक वन सफल भएको भन्दै खुशी व्यक्त गरे ।

बसन्तपुर क्षेत्रमा खानेपानीको समस्या रहेकाले उक्त समस्या समाधान गर्न बजेट विनियोजन गरेको र सो कार्यमा वनसंग वडा सहकार्य गर्न तयार रहेको उनको भनाई छ । विभिन्न वनमा आर्थिक अनियमिता हुने गरेकाले त्यस तर्फ बसन्तपुर सामुदायिक वन चनाखो भएर काम गर्न आवश्यक रहेको उनले बताए । वडाले विगतदेखि नै वनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उनको प्रतिवद्धता जनाए ।

सव डिभिजन कार्यालय गोरुसिंगेका ईन्चार्ज दयाराम पौडेल सामुदायिक वनकै आम्दानीबाट वन संरक्षणसंगै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकास गर्न सकिने बताए । उनले वनको गन्तव्य निर्धारण गरेर अघि बढ्न सुझाव दिदैं अन्य सम्भावनाको खोजी गर्न पनि आग्रह गरे । उनले वनमा आर्थिक आम्दानीको परिचालनको विषय चुनौतिका रुपमा देखिएको बताए । लागत अनुमान गरेर मात्र खर्च गर्ने परिपाटीको थालनी गर्नुपर्ने उनको भनाई छ ।


वनका अध्यक्ष पञ्चम सिंहले प्रगति प्रतिवेदन र आगामी आर्थिक बर्षका्े निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले सो क्रममा सम्बन्धित निकायसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

उनले लागत अनुमानमार्फत कार्य गर्ने योजना रहेको समेत सुनाए ।


बासुदेव खनालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले सानो क्षेत्रफल र कम आम्दानी भएको यस वनले हरेक क्षेत्रलाई समेट्दै उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

वनले सोही कार्यक्रममा नै युवालाई प्रोत्साहन वृद्धलाई सम्मान कार्यक्रम अन्तर्गत युवाहरुलाई खेलकुदमा थप लगनशील बनाउन क्रिक्रेट र फुटवल खेलका आवश्यक सामग्री वितरण गरेको छ भने वृद्धहरुलाई नगदसहित दोसल्लाह ओडाएर हातेदण्डीले सम्मान गरिएको थियो ।

सम्बन्धित् समाचार