भैरहवा, १४ असोज ।
रुपन्देहीको मर्चवार क्षेत्रमा नहरमा डुबेर एकजना बालकको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका–७ स्थित हर्दीका १२ वर्षीय दिपु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकल चलाइहेको बेला चिप्लेर नहरमा गई डुबेर दिपुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।








