गृहपृष्ठ Featured च्याम्पियन्स लिगमा बार्सिलोनाको पहिलो जित

च्याम्पियन्स लिगमा बार्सिलोनाको पहिलो जित

युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित हासिल गरेको छ । गएराति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले स्विस क्लब योङ ब्वाइजलाई ५-० गोलले पराजित गरेको हो ।

खेलमा रोवर्ट लेवन्डोस्कीले दुई तथा राफिना र मार्टिनेजले समान १-१ गोल गरे भने एक गोल बार्साले उपहारस्वरूप पाएको थियो ।

खेलमा लेवन्डोस्किले ८ औँ मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि राफिनाले ३४ र मार्टिनेजले ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५१ औँ मिनेटमा लेवन्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को अग्रतामा लगे । बार्साले खेलको ८० औँ मिनेटमा योङ ब्वाईजको तर्फबाट एक गोल उपहार पाएपछि खेल ५-० ले जित्यो ।

जितपछि बार्सा ३ अङ्क सहित लिग तालिकाको १० औँ स्थानमा उक्लँदा ब्वाईज भने तालिकाको अन्तिम स्थानमा छ ।

सम्बन्धित् समाचार