युइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब लिलीले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिलीले रियल मड्रिडलाई १-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लिलीका लागि जोनाथन डेभिडले गरेको गोल नै निर्णायक बन्यो ।
पेनाल्टी क्षेत्रभित्र रियल मड्रिडका मिडफिल्डर कामाभिङ्गाको ह्यान्ड भएपछि पाएको पेनाल्टीमा लिलीका डेभिडले गोल गरेका थिए । बाँकी समयमा गोल हुन नसकेपछि लिलीले रियल मड्रिडमाथि १-० गोलअन्तरको जित निकाल्न सफल भएको हो ।
जितसँगै लिली २ खेलबाट ३ अंकका साथ तालिकाको १८औँ स्थानमा उक्लिएको छ । पराजित रियल मड्रिड २ खेलबाट ३ अंकका साथ १७औँ स्थानमा छ ।








