काठमाडौं ।
भीषण बाढी र पहिरोले देशका राजमार्गहरू ठप्प छन्। यसैकारण यातायात व्यवसायीले दसैंका लागि खुलाएको अग्रिम बुकिङ सेवा बन्द गरेको छ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अघोषित रूपमा अग्रिम बुकिङ बन्द गरिएको बताए।
उनी भन्छन्, ‘सरकारसँग सहमति गरेर, निर्णय नै गरेर बन्द गरिएको होइन। तर, काठमाडौंबाट देशैभर छुटेका गाडी सडककै कारण ३ दिनसम्म पनि सम्बन्धित ठाउँमा पुग्न सकेका छैनन्। जिल्लाबाट गाडी नआउँदासम्म हामीले यताबाट अन्य गाडी पठाउन सक्ने वातावरण छैन। यसैले पनि अग्रिम बुकिङ बन्द गरिएको हो। हरेक दिनका लागि सोही दिन नै टिकट लिन भने पाइन्छ।’








