गृहपृष्ठ Featured दाङमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दाङमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दाङ ।

जुवा खेलेको अभियोगमा घोराहीमा ७ जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका-१४ बसपार्कस्थितकुमारी होटेलमा बुधबार राति जुवा खेलिरहेको अवस्थामा ५८ हजार ४ सय ५५ रूपैयाँ नगद र ताससहित पक्राउ गरेको जिल्ला प्रहरीप्रवक्ता डिएसपी इश्वर थापाले बताए ।

पक्राउ पर्नेमा होटेल सन्चालक ४० बर्षीय बोधधन रोका, घोराही-१५ का ४१ बर्षीय रामचन्द्र बुढा, ५६ बर्षीय बिष्णु बुढा, ५७ बर्षीय ज्योती बुढा, ४३ बर्षीय अम्मर घर्ती, घोराही-१४का ५६ बर्षीय सुकलाल बुढा र घोराही-१३ का ४१ बर्षीय दिपक बिक छन् ।

सम्बन्धित् समाचार