रुपन्देही ।
बुटवल उपमहानगरपालिका- १ मा रहेको सिद्धार्थ केबलकार लिमिटेडको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको छ ।
त्यस्तै गरी शेयरधनीबाट कम्पनीको प्रबन्ध सञ्चालकमा कम्पनीका सञ्चालक प्रभुलाल अधिकारी चयन भएका छन् भने सञ्चालकमा माधव प्रसाद नेपाललाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक अधिवक्ता बाबुराम भुसालले बताए ।
बाँकी ३ सदस्यहरूमा १ जना स्वतन्त्र सञ्चालक र दुई जना सर्वसाधारण शेयरधनीबाट आउने जनाइएको छ । कम्पनीमा २ सय २९ जना शेयर सदस्य रहेका छन् भने कम्पनीले आईपीओ १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको छ ।
सिद्धार्थ केबलकार देउराली डाँडादेखि पाल्पाको नुवाकोट गढीसम्म करिब २ किलोमिटर दुरीमा सञ्चालित रहेको छ । नुवाकोट गढीलाई आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न र ऐतिहासिक स्थलका रूपमा विकास गर्न लगानी भइरहेको छ ।








