कृष्ण पौडेल, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिका -३ पत्थरदेइया र माहादेइया गाउँमा विहिबार स्यालले टोक्दा १० जना घाइते भएका छन्।
विहिबार जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो ।
स्यालको टोकाइ बाट पत्थरदेइया बस्ने वर्ष १२ का माहाजार आलम , वर्ष ५२ कि राजमति कोरी , वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० का भोला पासी , वर्ष १२ का कृष्ण यादव किसन , र माहादेइया गाँउका वर्ष ५० का वव्बु केवट , वर्ष ३५ का शिवकुमार यादव , वर्ष ५० का मुन्नालाल चौधरी, वर्ष १५का अर्जुन यादव र कृष्णनगरका एक व्यक्ति समेत रहेको इलाका प्रहरी कार्यालयका गणेशपुरका प्रहरी निरीक्षक हर्स बाहादुर चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार स्यालले टोकेपछि लगाइने रेबिज विरुद्धको खोप शिवराज अस्पताल बाहादुरगंज अस्पतालमा अभाव भएपछि ४ जनालाई बुटवल पठाइएको छ भने बाँकीलाई बहादुरगंज अस्पातालमा खोप लगाइएको छ ।
घाइतेहरुको अवस्था सामान्य छ ।








