गृहपृष्ठ Featured बाणगंगामा झन्डै १ करोडको लगानीमा संचालनमा आयो ‘टुईल फिट्नेस क्लव’

बाणगंगामा झन्डै १ करोडको लगानीमा संचालनमा आयो ‘टुईल फिट्नेस क्लव’

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्यबजार क्षेत्र चारनम्बरमा टुईल फिटनेश क्लव सञ्चालनमा आएको छ। कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री र मिस्टर काठमाडौँका उपविजेता कृष्ण श्रेष्ठले क्लवको उद्घाटन गरेसंगै टुईल फिटनेश क्लव सञ्चालनमा आएको हो ।

युवा व्यवसायी शिशिर अधिकारीले करिब १ करोडको लगानीमा अत्याधुनिक उपकरण र प्रविधिसहितको क्लव संचालनमा ल्याएका हुन् ।

बडिविल्डिङका बिभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय उपाधि जितेका श्रेष्ठ लगायतले नियमित रुपमा प्रशिक्षण दिने संचालक अधिकारीले बताए ।

दिनहुँ तालिम दिन अर्का अनुभवी प्रशिक्षक रहेको र श्रेष्ठ हप्तामा तिनचार दिन आएर अनुगमन गरी सुझाव सल्लाह, जिम र डाइटबारे सुझाव सल्लाह दिने उनले बताए ।

नेपालीको महान पर्व विजयादशमीको अवसरमा अहिले भर्ना शुल्क १ हजार मात्र तोकिएको र अन्य कोर्षमा पनि छुट दिइएकाले चाँडै भर्ना हुन क्लवले आग्रह गरेको छ ।

अत्याधुनिक उपकरणहरू र तालिम पद्धतिहरूको समायोजन गरिएको यो क्लबले स्थानीय युवाहरूलाई स्वास्थ्य र फिटनेसको क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय जिम र फिटनेस क्लबहरू युवापुस्तामा लोकप्रिय बनिरहेका छन्। युवतीहरूमा एरोबिक र पुरुषहरूमा जिमले व्यापक रुचि पाएको छ। फिटनेसलाई स्वास्थ्य र फेसनको अभिन्न अङ्गको रूपमा स्वीकार्ने प्रचलन बढ्दो छ।

बोडी बिल्डर कृष्ण श्रेष्ठले पनि यसलाई स्वस्थ जीवनशैलीमा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको बताए। उनले भने, ‘शारीरिक सुन्दरता र तन्दुरुस्तीले मानिसको पहिचानमा प्रत्यक्ष प्रभाव पार्छ। सरल उपाय भनेकै व्यायाम हो, जसले स्वास्थ्यलाई मात्र नभई अनुशासन र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।’

उद्‌घाटन कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश बहादुर क्षेत्रीले पनि क्लबको प्रशंसा गरे। उनले भने, ‘युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत बनाउन यो जिम क्लब एक महत्वपूर्ण प्रयास हो। सङ्घ सधैँ युवाहरूको हितमा क्रियाशील रहनेछ।’

यो किसिमको सुविधा सम्पन्न फिटनेश क्लव नयाँ हो र यसले सवैको मन जित्ने अध्यक्ष क्षेत्रीले बताए ।

कार्यक्रममा समाजसेवी डोलकराम घिमिरे, शक्तिसिंह ठकुरी लगायत बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार