गृहपृष्ठ Featured नयाँ व्यवस्थापनसहित संचालनमा आयो ‘अंशु स्टेशनरी’

नयाँ व्यवस्थापनसहित संचालनमा आयो ‘अंशु स्टेशनरी’

बाणगंगा ।

बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बरमा लामो समयदेखि सेवा दिँदै आएको अंशु स्टेशनरी तथा स्पोर्ट्स हाउसले नयाँ व्यवस्थापनसहित सेवा सुरु गरेको छ । घटस्थापनाको अवसर विहिबार एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरि थप व्यवस्थापनसहितको सेवालाई सुचारु गरिएको हो ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले व्यवसायको उद्घाटन गर्दै नगर क्षेत्रमा खुलेका व्यवसायहरूलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै व्यवसायहरूलाई नविनतम शैली अपनाउनुपर्ने बताए ।

सर्वसाधारणले यस्ता व्यवसायिक घरानाहरूलाई सहयोग र समर्थन गर्नुपर्नेमा अर्यालले जोड दिएका छन्। उनले स्थानीय उत्पादन र व्यवसायलाई प्राथमिकता दिँदै उपभोक्ताहरूले पनि स्थानीय व्यवसायहरूबाट सेवा लिन आग्रह गरेका छन्।

अंशुका प्रोप्राइटर सुनिल पाण्डेले अब पुरानै ढाँचामा पसल संचालन सम्भव नहुने भन्दै नयाँ व्यवस्थापनको साथ सेवा सुरु भएको जानकारी दिए। उनले पुरानो घरको दक्षिण छेउमा रहेको दोश्रो तलाबाट अंशुले स्टेसनरी, खेलकुद सामग्री मात्र नभई, गितार, ड्रम सेट, मादल जस्ता बाद्यबादनका सामानहरू र ब्राण्डेड फेन्सी कपडाहरू समेत उपलब्ध गराउने बताए।

ग्राहकहरूलाई नयाँ अनुभूति दिलाउने उद्देश्यले नयाँ व्यवस्थापन गरिएको र दशैं, तिहार तथा छठ पर्वको अवसरमा विशेष छुटको व्यवस्था गरिएको पाण्डेले जानकारी दिए।

सम्बन्धित् समाचार