गृहपृष्ठ Featured कपिलवस्तुमा खैरो हेरोइनसहित २ जना पक्राउ

कपिलवस्तुमा खैरो हेरोइनसहित २ जना पक्राउ

कपिलवस्तु नगरपालिका–११ बनकटवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् । प्रहरीले लु.९२ प ९७८७ नम्बरको स्कुटरमा  सवार २ जनालाई चेकजाँच गर्ने क्रममा ५ ग्राम ६३० मिलिग्राम हेरोइन सहित पक्रेको हो ।

पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका–४ गरगरेका ३२ वर्षीय दिनम थापा र बाणगंगा नगरपालिका–२ कप्टैयाका ३० वर्षीय संजिव थापा रहेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए ।

थापाले ज्याकेट भित्रको गोजीमा कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा हेरोइन बरामद भएको उनले बताए ।

पक्राउ परेकाहरूलाई लागु औषध सम्बन्धी मुद्दा चलाइने उनले बताए ।

सम्बन्धित् समाचार