काठमाडौं ।
नेपाली क्रिकेटका पूर्व स्पिन अलराउन्डर शक्ति गौचन नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।
लुम्बिनीका मालिक ईश्वर जिसी र शक्ति गौचनबीच शनिबार एक सम्झौता भएको छ । ‘एनपीएल नेपाली क्रिकेटको एउटा ठूलो प्लेटफर्म हो । आउने अक्सनमा मैले कडा मिहिनेत गरेर राम्रो टिम बनाउन प्रयास गर्नेछु । क्यान र लुम्बिनी टोलीलाई धन्यवाद’, शक्तिले सम्झौता कार्यक्रममा भने ।








