गृहपृष्ठ Featured एभरेस्ट महिला भलिबल लिग : अपराजित कर्णालीले जित्यो उपाधि

एभरेस्ट महिला भलिबल लिग : अपराजित कर्णालीले जित्यो उपाधि

काठमाडौं ।

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो ।

पहिलो सेट १७-२५ र दोस्रो सेट २०-२५ ले गुमाएको ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेटमा जित निकालेको थियो । उसले तेस्रो सेट २५-१२ र चौथो सेट २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।

निकै प्रतिस्पर्धात्मक पाँचौं सेटमा १५-१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले उपाधि रक्षा गर्‍यो ।

सम्बन्धित् समाचार