गृहपृष्ठ Featured बुटवलमा दशैको मुखैमा मोटरसाइकल दुर्घटना : दुई युवकको मृत्यु

बुटवलमा दशैको मुखैमा मोटरसाइकल दुर्घटना : दुई युवकको मृत्यु

प्रकाशित मिति:

रुपन्देही ।

पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मंगलबार विहान बुटवल उपमहानगरपालिका- १३ नुवाकोट भ्यू प्वाईन्टस्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवँरको मृत्यु भएको छ ।

 

सम्बन्धित् समाचार