गृहपृष्ठ Featured चाडपर्व नजिकिएसंगै बुद्धभूमि- ४ का जनप्रतिनिधि र स्थानीय सरसफाईमा जुटे

चाडपर्व नजिकिएसंगै बुद्धभूमि- ४ का जनप्रतिनिधि र स्थानीय सरसफाईमा जुटे

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ४ का जनप्रतिनिधि र स्थानीय चाडपर्व नजिकिएसंगै टोल सरसफाईमा जुटेका छन् । “वडा सरसफाई तथा स्वच्छता अभियान“ अन्तर्गत सोमबार साबिक बुड्ढी १ र २ बुड्ढी गाउँ टोल सरसफाई समितिको नेतृत्वमा सरसफाई गरिएको वडाध्यक्ष सुसिल कुमार चौधरीले जानकारी दिए ।

सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि र स्थानीयहरु कुचोसहित उपस्थित भएको वडाध्यक्ष चौधरीले बताए । सरसफाईलाई वडाले उच्च प्राथमिकता राखेको बताउँदै उनले आफ्नो वडा आफैले सरसफाई गरे मात्र सुन्दर वडाको निर्माण हुने बताए ।

जसले विभिन्न किसिमका संक्रामक रोग लाग्नबाट बच्न सकिने बताए । सरसफाई जीवनको महत्वपूर्ण पाटोमा रुपमा बुझेर सरसफाईतर्फ सबैको ध्यान केन्द्रित गर्न समयसमयमा विभिन्न सचेतनामूलक गर्नुपर्ने बताए ।

उनले सरसफाईमा वडावासीलाई प्रोत्साहित गर्न विभिन्न योजनाबद्ध कार्यक्रम ल्याउने बताए । दुर्गन्धित समाजलाई पनि सुन्दर, स्वच्छ समाजमा रुपान्नरण गर्न सबै एकतावद्ध भएर सरसफाई अभियानमा सक्रियता पूर्वक सरिक हुनुपर्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार